पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा भने अत्यधिक गर्मी

पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा भने अत्यधिक गर्मी : Icon Khabar

काठमाडौं, जेठ २६ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न भूभागमा मौसममा फेरबदल भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। यसै प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुनेछ।

दिउँसोको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। यसका साथै लुम्बिनीको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ।

आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभाग र बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र मधेश प्रदेशका साथै अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Published Date: 09 June 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय