देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा अत्यधिक गर्मीको चेतावनी

देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा अत्यधिक गर्मीको चेतावनी : Icon Khabar

काठमाडौँ, जेठ २५ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बदली तथा तराई भूभागमा आंशिक बादल लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बदली, पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Published Date: 08 June 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय