कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी

कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी : Icon Khabar

काठमाडौँ, जेठ १४ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। मधेश प्रदेशमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ। यस्तै मधेश प्रदेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आज पनि अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना छ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ।

विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका साथै देशका बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Published Date: 28 May 2026




ताजा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी
आज बिहीबारको राशिफल
निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा बन्द, बीमा कार्यक्रम संकटमा
भक्तपुर नगर अन्तर वडा फुटसल प्रतियोगिता : वर्षाका कारण स्थगित खेल आज हुँदै




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र