सुन–चाँदीको भाउमा भारी गिरावट, तोलामा १३०० रुपैयाँले घट्यो सुन

सुन–चाँदीको भाउमा भारी गिरावट, तोलामा १३०० रुपैयाँले घट्यो सुन : Icon Khabar

काठमाडौं, जेठ १२ ।  घरेलु बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। सोमबार भने सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, गत हप्ताको मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ। महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने गत हप्ताको मंगलबार यसको मूल्य ५ हजार ८५ रुपैयाँ कायम रहेको थियो। बजारमा पछिल्ला दिनहरूमा बहुमूल्य धातुको मूल्यमा लगातार उतारचढाव देखिएको छ।

Published Date: 26 May 2026