लुम्बिनी र सुदूरपश्चिमका तराईमा अत्यधिक गर्मी, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अत्यधिक गर्मी, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख ११ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हीट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ। विभागले बिहान जारी गरेको मौसम बुलेटिनअनुसार अत्यधिक गर्मीका कारण ती क्षेत्र प्रभावित हुन सक्ने देखिएको हो।

आज मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोचहरूमा तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी प्रदेशका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज र दाङ लगायतका क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुने बताइएको छ।

यसैबीच, कोशी प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। केही स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

Published Date: 24 April 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय