लुम्बिनी र सुदूरपश्चिमका तराईमा अत्यधिक गर्मी, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अत्यधिक गर्मी, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख ११ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हीट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ। विभागले बिहान जारी गरेको मौसम बुलेटिनअनुसार अत्यधिक गर्मीका कारण ती क्षेत्र प्रभावित हुन सक्ने देखिएको हो।

आज मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोचहरूमा तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी प्रदेशका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज र दाङ लगायतका क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुने बताइएको छ।

यसैबीच, कोशी प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। केही स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

Published Date: 24 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने