लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो

लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो : Icon Khabar

काठमाडौँ, वैशाख १० । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा झरेको छ। नेप्से परिसूचक १० कारोबार दिनपछि २८०० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि गत चैत २४ गते, नेप्से परिसूचक २८०० विन्दु तल बन्द भएको थियो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ९३ हजार ९०७ पटकको कारोबारमा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। पछिल्ला दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य यस दिन सर्वाधिक ११.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने होटल फरेष्ट इनको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसुचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 23 April 2026








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा