पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहदा देशका हिमाली भू-भागमा सहित कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम सम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Published Date: 22 April 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?