मंगलबार नेप्से परिसूचक १७.९१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १७.९१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ८ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द भएको छ।

नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३४७ वटा धितोपत्रको एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुन्ड हाइड्रो र पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशत र शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा दोल्ती पावर रहेको छ। उक्त कम्पनीको मूल्य ८.७१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३८८ रूपैयाँमा झरेको छ

यसैगरी, सोलु हाइड्रोपावरको मूल्य ५.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रूपैयाँमा सीमित भएको छ। मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ८०० रूपैयाँमा ३७ करोड सात लाख रूपैयाँको कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार २८८ रूपैयाँमा ३० करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक १.१६ प्रतिशतले बढेको छ बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।

Published Date: 21 April 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय