रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित

रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित : Icon Khabar

रुकुम पूर्व , फागुन २२ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी का संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्। गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार हुन्।

यसैगरी कुसुमदेवी थापा (नेपाली कांग्रेस) ले ३ हजार ८१ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूमा सन्दीप पुन (प्रगतिशील लोकतान्त्रिक पार्टी) ले २०३ मत तथा जुद्धबहादुर बुढामगर (नेपाल कम्युनिस्ट पार्टी (माओवादी)) ले १९१ मत प्राप्त गरेका छन्।

यससँगै प्रचण्ड रुकुम पूर्वबाट स्पष्ट मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

Published Date: 06 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय