मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, फागुन १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 03 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय