मौसम पूर्वानमान : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानमान : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन १७ ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भैरहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहको छ।

दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-गका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक -दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक -दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Published Date: 01 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने