मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडाैं, फागुन १६ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

Published Date: 28 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय