मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन १३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपात भैरहेको छ। देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ।

बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

Published Date: 25 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय