यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने

यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, असोज ३० । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताए ।

उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताए । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने उनको भनाइ छ ।

‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ,’ उनले भने ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।

Published Date: 16 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने