यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने

यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, असोज ३० । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताए ।

उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताए । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने उनको भनाइ छ ।

‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ,’ उनले भने ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।

Published Date: 16 October 2025
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय