शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, असोज २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४० पैसा र बिक्रीदर १०९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०५ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 10 October 2025
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय