काठमाडौं, असोज २३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति भने कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Published Date: 09 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news