आजको मौसम : पहाडी र तराई भू-भागमा मध्यम वर्षाको सम्भावना

आजको मौसम : पहाडी र तराई भू-भागमा मध्यम वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, असोज २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनमा गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमलगायत अन्य प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने, कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोशीलगायतका प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एकदुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Published Date: 07 October 2025
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय