अमेरिकाबाट थप ३७ नेपाली निष्कासन

अमेरिकाबाट थप ३७ नेपाली निष्कासन : Icon Khabar

काठमाडौं, भदौ १७ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) नेपाल ल्याउन लागेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरकोको अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ ।

विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। फर्काइएका व्यक्तिहरूसँग उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गए र दलालबाट ठगिएरनठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।

प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहरुले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए ।

Published Date: 02 September 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने