मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, भदौ १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ २२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2025
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित