आज भक्तपुरका विभिन्न ठाउँमा दिनभर विजुली अवरुद्ध हुने

आज भक्तपुरका विभिन्न ठाउँमा दिनभर विजुली अवरुद्ध हुने : Icon Khabar

भक्तपुर, पुस १५ । भक्तपुरका विभिन्न स्थानमा आज (सोमबार) १० घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार कौशलटार चोक हुँदै बालकोट मेरीगोल्ड स्कुल क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पतिचोक, बालकोट चोक, धारापाती, गोदावरी खोला, महेन्द्र शान्ति स्कुल, फोर्सपार्क लगायतका क्षेत्रमा १० घन्टा विद्युत अवरूद्ध हुनेछ ।

ती क्षेत्रमा जीर्ण कन्डक्टर बदली गर्नका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । निर्धारित काम तोकिएको समयअघि नै सम्पन्न भए विद्युत सेवा ५ बजेअघि नै सुरू हुने प्राधिकरणले जनाएको छ ।

Published Date: 30 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने