चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित : Icon Khabar

काठमाडौं, वैशाख ३० । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो ।

आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं मिनेटमा पूर्व चेल्सी खेलाडी क्यालम हड्सन ओडोइले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।

तर ८०औं मिनेटमा रहिम स्टर्लिङले बक्सको बायाँ भागबाट राम्रो फिनिश गर्दै बराबरी गोल गरेका थिए । त्यसको दुई मिनेट पश्चात रिस जेम्सको क्रसमा निकोलस ज्याक्सनले हेडर मार्फत गोल गर्दै चेल्सीलाई जित दिलाए ।

जित पछि चेल्सी ३६ खेलमा ५७ अंक सहित सातौं स्थानमा रहेको छ । पराजित फरेस्ट भने ३७ खेल खेल्दै २९ अंक सहित १७औं स्थानमा छ ।–एजेन्सी

Published Date: 12 May 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय