चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित : Icon Khabar

काठमाडौं, वैशाख ३० । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो ।

आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं मिनेटमा पूर्व चेल्सी खेलाडी क्यालम हड्सन ओडोइले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।

तर ८०औं मिनेटमा रहिम स्टर्लिङले बक्सको बायाँ भागबाट राम्रो फिनिश गर्दै बराबरी गोल गरेका थिए । त्यसको दुई मिनेट पश्चात रिस जेम्सको क्रसमा निकोलस ज्याक्सनले हेडर मार्फत गोल गर्दै चेल्सीलाई जित दिलाए ।

जित पछि चेल्सी ३६ खेलमा ५७ अंक सहित सातौं स्थानमा रहेको छ । पराजित फरेस्ट भने ३७ खेल खेल्दै २९ अंक सहित १७औं स्थानमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता