सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौं, वैशाख १९ ।  बुधबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन, प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँ घटेको हो।

Published Date: 01 May 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर