सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौं, वैशाख १९ ।  बुधबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन, प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने