बाबुराम र रवि एकै ठाउँ उभिएर भने–खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ

बाबुराम र रवि एकै ठाउँ उभिएर भने–खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ : Icon Khabar

काठमाडौँ, माघ ५ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई फुटबल मैदान बनाउने तयारीको विरोध भएको छ । खुल्ला मञ्चलाई खेल मैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी विपक्षमा देखिएका छन् ।

आज (शुक्रबार) पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमलालगायत विरोध प्रदर्शनमा उत्रिएका छन् । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हकलगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् ।

विरोध कार्यक्रमपछि नेसपाका अध्यक्ष भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिकस्थल बनाउनुपर्ने बताएका छन् । ‘खुला मञ्चलाई खुलै रहन दिऊँ । यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाहलगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अ्झै सम्झना हुन्छ ।’

जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न उनको आग्रह छ । ‘हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभ सङ्केत हैन,’ भट्टराई भन्छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले खुला मञ्चलाई फुटबल मैदान बनाउन छलफल अगाडि बढाएपछि त्यसको विरोध सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2024
Website | + posts