इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल

इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल : Icon Khabar

काठमाडौँ, पुस ११ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए।

यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन्।

त्यस्तै अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए। यस खेलमा खेलको ६६औं मिनेटमा अल इत्तिहादका फाबिन्होले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो।

यो अल नासरको यस सिजनमा १४औं जित हो। यो जितपछि अल नासरको १८ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ। त्यसैगरी अल इत्तिहादको भने यस सिजनमा यो छैटौं हार हो। यो हारपछि इत्तिहादको १८ खेलमा २८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ।

Published Date: 27 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने