चन्द्रयान–३: चन्द्रमा ल्यान्डरबाट कुनै संकेत आएन, विक्रम र प्रज्ञानसँग सञ्चार विच्छेद

चन्द्रयान–३: चन्द्रमा ल्यान्डरबाट कुनै संकेत आएन, विक्रम र प्रज्ञानसँग सञ्चार विच्छेद : Icon Khabar

काठमाडौँ, असोज ८ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले चन्द्रमा ल्यान्डरबाट कुनै संकेत नआएको जनाएको छ । नयाँ चन्द्र दिन सुरु हुनेबित्तिकै आफ्नो चन्द्रमा ल्यान्डर र रोभरसँग पुनः सम्पर्क स्थापित गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म कुनै संकेत प्राप्त नभएको जनाएको हो ।

प्रज्ञान रोभर बोकेको ल्यान्डरले अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गरेको थियो । त्यसपछि दुई हप्तासम्म डाटा र तस्बिरहरू संकलन गर्‍यो । इसरोका वैज्ञानिकहरूले चन्द्रमाको रात सुरु भएपछि प्रज्ञान र विक्रम दुवैलाई ‘स्लिप मोड’ मा राखिदिए ।

बीबीसीका अनुसार वैज्ञानिकहरूले सेप्टेम्बर २२ मा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुनेछन् र मोड्युलहरू पुनः जागृत हुनेछन् भन्ने आशा राखेका थिए । तर, प्रज्ञान र विक्रम दुवै ‘स्लिप मोड’ बाहिर आएनन् । चन्द्रमाको रात अत्यधिक चिसो भएकाले दुवैको ब्याट्रीमा क्षति पुगेको अनुमान गरिएको छ ।

इसरोले गत शुक्रबार एक्समा एउटा पोस्ट गर्दै प्रज्ञान र विज्ञानसँग सञ्चार स्थापना गर्ने प्रयास जारी रहने जनाएको छ । ‘विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार स्थापना गर्ने प्रयास जारी रहनेछ,’ इसरोले लेखेको थियो । बीबीसीका अनुसार चन्द्रमाको एक दिन पृथ्वीमा करिब चार हप्ता बराबर हुन्छ, प्रत्येक दिन र रात लगभग १४ दिनसम्म रहन्छ ।

त्यसैअनुसार चन्द्रयान–३ प्रक्षेपण गरिएको थियो ताकि विक्रम र प्रज्ञानसँग काम गर्न दुई हप्तासम्म सूर्यको प्रकाश प्राप्त होस् । त्यसपछिको १४ दिन ‘स्लिप मोड’ पठाउने र त्यसपछि फेरि उनीहरूसँग सम्पर्क स्थापित गर्ने इसरोको योजना थियो । तर, उक्त योजनाअनुसार सम्पर्क स्थापित भएन ।

रातको समयमा चन्द्रमाको सतहको तापक्रम अत्यधिक चिसो हुने भएकाले प्रज्ञान र विक्रमको ब्याट्रीले काम नगरेको हुन सक्ने अनुमान गरिएको छ । ‘चन्द्रमाको दक्षिणी ध्रुवनजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सियसदेखि २५० डिग्री सेल्सियसमा झर्ने र ब्याट्रीहरू सञ्चालन गर्न वा चलाउनका लागि डिजाइन गरिएको छैन,’ इसरोका पूर्वप्रमुख एएस किरण कुमारले बीबीसीसँग भनेका छन् । इसरोका वैज्ञानिकहरूले सम्पर्क स्थापित गर्नका लागि थप केही दिन प्रयास गर्ने बताएका छन् ।

यदि विक्रम र प्रज्ञानसँगको सम्पर्क स्थापित भएन भने चन्द्रमामा उनीहरू ‘भारतको राजदूत’ का रूपमा रहिरहने इसरोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारत चन्द्रयान–३ को सफल मिसनपछि अमेरिका, पूर्वसोभियत संघ र चीनपछि चन्द्रमामा यान पठाउने चौथो मुलुक बन्न सफल भएको थियो । साथै चन्द्रमाको दक्षिणी ध्रुवनजिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गर्ने भारत पहिलो देशसमेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट