आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन १ । आज २०८० फागुन १ मंगलबार, तद्अनुसार माघ शुक्ल चतुर्थी, मङ्गल चौथी व्रत, तिलकुन्द चौथी, कुम्भ संक्रान्ति, विश्व रेडियो दिवस, जनयुद्ध दिवस, सूर्योदय बिहानः ६ः४३ बजे, सूर्यास्त साँझः १७ः५३ बजे ।

आजको राशिफल

मेष: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: शत्रु सक्रिय रहने छन् । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा हल्का शब्दको प्रयोगबाट बचौँ । महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

कर्कट: धन हानिको सम्भावना छ । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्न सक्छ । यात्रा लाभदायक रहने छ ।

सिंह: कष्ट, तनाव तथा चिन्ताको वातावरण बन्न सक्छ । धन प्राप्ति सुगम तरिकाले हुनेछ ।

कन्या: पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको आशीवार्द प्राप्त हुनसक्छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

तुला: पुराना रोग बल्झिन सक्छ । कुनै व्यक्तिको व्यवहारबाट दुःखी हुनु हुनेछ । अधिक प्रयास गर्नु पर्नेछ ।

वृश्चिक: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

धनु: हतार नगर्नु होला । लेन–देनमा हतार नगर्नु होला । आम्दानीमा वृद्धि हुनेछ ।

मकर: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

कुम्भ: हतार गर्दा चोटपटक लाग्न सक्छ । बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा खर्च हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । धनलाभको अवसर हात पर्नेछ । सामाजिक कार्य गर्नमा रुचि रहने छ ।

Published Date: 13 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय